file photo

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका बताएका छन् । आज काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भए पनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुशी मान्न सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्नेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठ्यारालाई सजिलोमा परिणत गर्ने पनि बताए । उनले भने, ‘सरकार अप्ठ्यारा खोज्ने होइबन् अप्ठरालाई सहजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ ।’

बिहिबार, ३ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो