थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।

बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्याण्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाइ नागरिक, गैरआवासीय नेपाली सङ्घ, थाइ नेपाली सङ्घ, नेपाल वायुसेवा निगमका प्रतिनिध एवं स्थानीय सञ्चारकर्मीको सहभागिता थियो ।

उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडीबुटी तथा कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी र प्रविधिका माध्यमबाट नेपाल र थाइल्याण्डबीच उत्पादन शृङ्खलाको विकास र संयुक्त बजार विस्तारमा ठूलो सम्भावना रहेको बताए । उक्त दूतावासका अनुसार राजदूत वलीले प्राप्त अवसरलाई कार्यस्तरमा विकास गर्न दुई देशका व्यवसायीहरूबीच निरन्तर छलफल आवश्यक भएकामा जोड दिए ।

साथै उनले लगानी प्रवर्द्धनका कार्यमा व्यवसायीलाई सहयोग गर्न राजदूतावास सधैँ तत्पर रहेको जानकारी दिए ।

नेपाल जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सङ्गीता यादव र नेपाल निर्यातक महासङ्घका अध्यक्ष पवन गोल्यानले नेपालमा जडीबुटीको उत्पादन/प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका प्रशस्त सम्भावना रहेका जानकारी दिँदै नेपालमा लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गरेका थिए ।

शुक्रबार, १४ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान