Trending
संखुवासभाकी चेली याङजी शेर्पाले यो सिजनमा मकालु हिमालको सफल आरोहण गरेर फेरी एकपटक चर्चा कमाएकीछन् । संखुवासभाको मकालु गाउँपालिकामा रहेको मकालुु हिमाल आरोहण गर्ने उनी संखुवासभाकी पहिलो महिला आरोहि पनि भएकीछन् ।
यस अघि उन्ले राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर सगरमाथाको चुचुरोमा पहिलो पटक पु¥याएर चर्चा कमाएकी मात्र थिइनन राष्ट्रपतिबाट सम्मानित पनि भएकी थिइन् । यस पटक भने श्रीमान तावा छिरिङ शेर्पा र उनी आफै एकै पटक मकालु हिमालको आरोहण गरेकाछन् । यस अघिको सिजनमा पनि श्रीमान तावा शेर्पाले मकालु हिमाल आरोहण गर्दा याङ्जीले पनि त्यहि दिन सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
हिमाल आरोहणमा पनि महिलाको निकै दक्खल हुन्छ भन्ने उन्ले प्रमाणित गरेकीछन् । अझ शेर्पा महिलाहरुले हिमाल आरोहण गरेर आफ्नो देशको नाम बिश्वासामु चिनाउन सक्छन भन्ने हिम्मत उन्मा जागेको छ । उन्को ८ हजार माथिका अग्ला सबै हिमाल चढेर महिलाको हिमाल आरोहणमा योगदान पुर्याएर राज्यलाई देखाउने लक्ष्य छ । तर, हिमाल आरोहणमा धेरै खर्च लाग्ने भएकाले आर्थिकसंग उन्लाई समस्या छ ।
यो पटक भने उन्लाई सभेन समिट ट्रेकले हिमाल आरोहणमा कहिल्यै बिर्सन नसक्ने गुण लगाएकोछ । भनिन, म हिमाल आरोहणको क्रममा त्यो गुण कहिल्यै तिरेर सक्दीन् । त्यति धेरै गुण म माथि लगाएको छ उन्ले भनिन् । त्यसो त हिमाल तिर पाईला चाल्नु त्यति सजिलो कहाँ छ र ? हिमाल आरोण गर्नु त्यति सजिलो छ्रैन । धेरै जोखिम अर्थात ज्यान नै मायाँ मार्नु पर्छ ।
हुन त यस पटक पनि उनीसंगै हिमाल अरोहणकालागि गाएको साथीले आँखै अगाडी ज्यान गुमाएको देख्दा उन्लाई पनि हिमाल अरोहणकालागि जौ की नजाउ दोधार प¥यो । खुट्टा लल्याकलुलुक भएर आए । अर्थात हिम्मत आट केहि क्षिण भए जस्तो भयो । घरमा बसेकी छोरीलाई फर्कने बाँचा गरेरे हिमाल चढ्न हिेडेकी उनी । छोरीलाई सम्झीन, एक मनले फर्कने भने पनि अर्को मनले हिम्मत हार्न दिएन अन्नतत आँखै अगाडी यसरी ज्यान गुमाएका देख्दा देख्दै उन्ले आँट गरीन र मकालु हिमाल आरोहण गरेरै छाडिन् ।
संखुवासभाको मकालु गाउँपालिकाकी याङ्जी र सोलुखुम्बु सोताङ गाउँपालिकाका तावा छिरिङ शेर्पा श्रीमान श्रीमतीले एकैपटक मे ६ मा संखुवासभास्थित मकालु हिमालको सफलतापूर्वक आरोहण गरेकाहुन् । उनीहरु दुबैजनाले दिउँसो २ बजेर १६ मिनटमा मकालु हिमालको सफल आरोहण गरेका हुन् । तर, दुबैजनालाई एक पटक मात्र मकालु हिमालको सफल आरोहण गरेर उनीहरुलाई धित मरेन अर्थात दुई पटक चढ्ने सपना बोकेर गए पनि बिरामी भएका कारण अर्को पटकको उनीहरुको सपना भने पुरा हुन पाएन्, जति भयो तर, त्यसमै सन्तुष्ट छन उनीहरु । किन भने हिमालम धेरै जबरजस्ती गर्नु पनि हुँदैन । उन्ले भनिन् ।
त्यसमा पनि छोरीको यादले त्यो आट अलिक गर्न सकीन् । हुन त उन्ले हिमाल चढ्छु भन्दा सुरुमा कसैले पत्याएन । बरु उल्टै उन्को हिमाल चढ्ने रहर र आँटलाई हासेर उडाई दिने धेरै भए । सक्दिन भनेर धेरैले उन्को कुरालाई मजाकमै उडाए पनि । आर्थिक समस्याका कारण धेरै हारगुहार गरीन् र बल्लतल्ल उनी आर्थिकको जोहो गरेर हिमाल चढीन् । हुन त उन्का श्रीमानले पनि सुरुमा त पत्याएनन् । उन्लाई हिमाल चढ्छु भन्दा आफ्नै बुढोले नपत्याउदा भने उन्लाई खल्लो लागेको थियो । हौसला दिनुको साटो बुढाले नै सक्दैनस भने पछि चै उन्लाई नपत्याई दिदा झन गरेर देखाउने हिम्मत जाग्यो ।
बुढालाई जेनतेन उन्ले बुझाईन र हिमाल चढ्ने वातावरण मिलाईन् । चढ्ने तर कसरी हिमाल चढ्ने आर्थिककै समस्या थियो । तर, आफै आर्थिकको जोहो गर्ने गरी उन्ले बुढोलाई चाहि राजि गराईन् । बच्चाको आमा कहाँ हिमाल चढ्न सकीन्छ ? भन्दै धेरैले भने तर, अहँ हिम्मत हारिनन् उन्ले ।
जति बेला उनी आफ्नो हिमाल चढ्ने रहर अपुरो हुने भयो भन्दै एक्लै रुईन पनि । मेरो कुरा नखाईदिएको अर्थात नपत्याई दिएको भन्दै उन्लाई नमिठो लाग्यो । घरभित्र बसेर संसार देखे जस्तो कुरा नगर भन्दै धेरैले भने तर, उन्को मनले मानेन । अर्थात झन गरेर देखाउने हिम्मत उन्मा जाग्यो । हुन त हिमाल आरोहण त्यति सजिलो कहाँ छ र ? धेरै हण्डर कठिन भन्दा कठिन यात्रा पछि मात्र लक्ष्यसम्म पुग्न सकीन्छ । काठमाडौ हुँदै तुम्लिङटार प्लेनसम्म हुदै उनी मकालु हिमाल आरोहणको यात्रमा नुमसम्म पुगेर बसिन ।
दुई दिनको नुम बसाई पछि सेदुवा पुगेर उन्को बास भयो । डाडाखर्क दोबाटो, याङ्लेखर्क हुदै त्यसपछि बेसक्याम्प पुगेर दुई दिन बसेपछि मकालुको यात्रा उन्को सुरु भएको हो । मकालु बेसक्याम्पपनि ४ हजार ८ सय ७० मिटर छ । हाई बेस क्याम्प ५ हजार ७ सय मिटर छ ।
त्यहा पुगेपछि नराम्ररी वेदर बिग्रेपछि अगाडी बढ्न सकीदैन । यो समयमा शेर्पालाई पनि त्यस्तै भयो । वेदर बिग्रियो र दुई दिनसम्म त्यहि बस्नु पर्ने भयो । र अन्ततः मे ६ मा सफल आरोहण गरीन् । मकालु हिमाल सगरमाथा भन्दा धेरै फरक रहेको उन्को अनुभव छ । मकालुको चुचुरोमा मात्र २÷३ जना मात्र बस्ने सक्ने अर्थात अडिन सक्ने ठाउँ छ भने सगरमाथामा भने १ सय जना भन्दा बढी अटाउने ठाउँछ जस्ले गर्दा फोटो खिच्ने र भेटघाट गर्न पनि अलिक सहज हुन्छ तर, मकालुमा भने त्यस्तो छैन ।
त्यसैले मकालु हिमाल आरोहण गर्दा चुचुरोमा पेम्बा रिञ्जे शेर्पाले उनीहरुको फोटो खिचिदिदा उनीहरु दग मात्र छैनन धन्यवादसमेत दिएकाछन् । हुन त उनी एक्लै हिमाल चढ्छु भनेर मात्र त कहाँ हुने थियो र ? धेरै मनका सहयोगिहरुले सहयोग नगरेको भए । यस मानेमा उनी भाग्यमानी पनि छन् । उन्लाई धेरैले स्पोन्सर गरी दिएकाछन् । स्पोन्सर नगरेको भए उनी आज यो ठाउँमा हुने थिइनन् । र यो सफलता पनि पाउन थिइनन् ।
तर यसरी मकालुकी चेली यसरी आफ्नै गाउँपालिकास्थित मकालु हिमालको चुचुरो चुम्न पाउँदा उनीजस्तो खुशी कोहि देखिएन । चुचुरोमा पुग्दा अक्सिन सकीयो तर, सफलता पाउनुनै थियो र उनी यसरी आज आफ्नो सफलतामा यसरी सहयोग स्पोन्सरकाबीच आफ्नो कुरा भनी रहेकीछन् । जुन प्रेरणा उन्लाई मिङ्मा दोर्ची शेर्पाले पनि दिइनै रहे । त्ययो प्रेरणाबाट उन्ले हिमालको चुचुरो चुम्न सफल भईन् । यो सफलता पाउन उन्लाई धेरैले सहयोग पनि गरे र शुभकामना पनि दिए ।
त्यसमा पनि सेभेनसमिट ट्रेकले उन्लाई सबै चाजोपाजो मिलाई दिएन मात्र हिमाल जादा र फर्कदासम्मको सबै बन्दोबस्तीको व्यवस्था गरीदियो । अर्थात खाने बस्ने र बिभिन्न इक्युप्मेन्ट पनि ।
उन्लाई मकालु वार्ड नम्बर–२ का अध्यक्ष छप्पल शेर्पा सेदुवाबाट ५० हजार रुपैया हिमाल आरोहणकालागि सहयोग भयो । त्यस्तै काला छिरीङ शेर्पाबाट पहिले सगरमाथा आरोहण गर्दा पनि सहयोग पाएकी याङ्जीले यस पटक पनि एकलाख रुपैया सहयोग पाईन् । मकालुका हाल अमेरिका बस्दै आएका मनका धनि आङ डि शेर्पाबाट ५० हजार रुपैया, मकालु अफीटबाट २७ हजार बराबरको हिमाल आरोहण सामाग्री सहयोग प्राप्त भएको छ ।
त्यसैगरी ब्लाक डाइमण्डले ७५ हजार रुपैया माथिको सामाग्री दिएको थियो । वालुङ–१ का वार्डध्यक्ष तेम्बा शेर्पाले ५० हजार रुपैया सहयोग गरेका थिए । लाक्पा शेर्पाले ५० हजार, लाक्पा रिञ्जे शेर्पा वालुङबाट ३० हजार रुपैया सहयोग भएको थियो । खेम्पालुङ टेण्डी अर्थात टेक नेपालको डाईरेक्टरबाट ५० हजार रुपैया र शेर्पा पर्यटन व्यवसयी संघबाट २५ हजार रुपैया प्राप्त भएको थियो ।
त्यसैगरी पासाङ शेर्पाले हिमाल आरोहणकै लागि १ लाख रुपैया सहयोग गरेका थिए । मिङमा तेन्जे शेर्पा वन स्पोट सुज प्राप्त गरेको उन्ले सुनाईन, त्यसै गरी लाक्पा खान्दुक शेर्पाले ५० हजार दिएको र राष्ट्रिय बाणिज्य बैकले १ लाख रुपैया सहयोग गर्ने गरी सम्झौता भएको उनले बताइन् । सबै टिमलाई धन्यवाद पनि दिइन् । त्यसैगरी फोटीन पिक टासीलाक्पा शेर्पा, सेभेन समिट ट्रेक मिङमा शेर्पाको उल्लेख्य सहयोग भएको थियो । आगामी दिनमा पनि उन्ले यस्तै सहयोग मार्फत महिलाहरुले पनि पुरुषले जस्तै हिमाल चढ्न र गाईड गर्न सक्छन भन्ने सन्देश दिन लगातार रुपमा बिभिन्न हिमालको आरोहण गर्ने लक्ष्य लिएकीछन् ।
सगरमाथा र मकालु हिमालको आरोहणसंगै अन्य हिमाल आरोहण गर्ने प्रसस्त बाटो खुलेको आरोहि शेर्पाले बताईन् । उन्ले महिला भएर हिम्मत नहारी आफूले दुख र मेहनतसाथ हिमाल आरोहण गरेको बताईन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा असर पुगेको भन्दै उन्ले हिमाल जागाउने सन्देश पनि आफूले दिन खोजेको बताईन् ।