file photo

पर्वतको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत ४८ जनालाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार उनीहरूलाई एक–एकवटाका दरले बाख्रा वितरण गरिएको हो । पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती पाठापाठी अन्य विपन्नलाई वितरण गरिने छ । यो प्रक्रिया निरन्तर चलिरहने र यसले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जनमा टेवा पुग्ने अपेक्षा पालिकाको छ ।

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बाख्रापालनमा निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए । आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिला तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको र बाख्रापालन व्यावसायलाई स्वरोजगारमुखी रूपमा अपनाउन पनि उनले सुझाव दिए । उपाध्यक्ष लामिछानेले व्यावसायिक रूपमा पशुपालन गर्ने किसानलाई पालिकाले विभिन्न अनुदान समेत वितरण गर्दै आएका बताए ।

बाख्रा वितरणका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरिएको थियो । कार्यक्रमको प्रभावकारिता र यसले महिलाहरूको जीवनस्तरमा सुधार भएमा आगामी वर्षदेखि रकम थप गरिने पालिकाले जनाएको छ । मोदी गाउँपालिकाका देउराली, भुकताङ्ले, क्याङ, राम्जादेउराली, चित्रेलगायत स्थानमा चरन क्षेत्र प्रशस्त रहेकाले व्यावसायिक रूपमा बाख्रापालन गर्न सहज छ । रासस

बुधबार, ५ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान