file photo

लमजुङका अधिकांश घरबासमा (होमस्टे) पर्यटक घट्न थालेसँगै यसको असर आम्दानीमा परेको छ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घलेगाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन संख्या घट्दा आम्दानी पनि घट्न थालेको हो ।

घरबाससम्म पुग्ने बाटो बिग्रिएको, दृश्यावलोकन स्पष्टता नहुने, यात्रा कठिन र जोखिमपूर्ण हुन थालेपछि पर्यटक आगमनमा कमी आएको हो । सञ्चालकहरु बर्खाको करिब तीन महिना घरबास पर्यटकविहीन जस्तै हुने बताउँछन् । दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरे पनि बर्खा लाग्न थालेसँगै पर्यटक आगमन पातलो हुँदै गएको छ ।

घलेगाउँ घरबास व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले बर्खासँगै पर्यटक पातलिएको हो ।समुद्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको बेँसीसहर नगरपालिका–३ काउलेपानी घरबासमा समेत पर्यटक आगमन घटेको छ । एक हप्ताअघिसम्म ५०/६० जनादेखि एक सयभन्दा बढी पर्यटक आगमन भइरहे पनि यतिबेला मुस्किलले १०-१२ जना पर्यटक आगमन हुन थालेको ग्रामीण काउँलेपानी घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । कुनै दिनमा पर्यटक नै शून्य हुन थालेको उनले बताए ।

पर्यटक नआएपछि यहाँका घरबास सञ्चालक धान रोप्ने, कोदोको बीउ राख्ने, च्याउलगायत काममा व्यस्त हुनाले पर्यटक आउँदा गाउँमा सञ्चालित १५ घरले प्रतिघरबास रु ४०-५० हजार मासिक आम्दानी भइरहे पनि यतिबेला मुस्किलले रु आठ÷१० हजार मात्र मासिक आम्दानी हुने गरेको उनले बताए ।

समुन्द्री सतहदेखि एक हजार आठ सय ५४ मिटरको उचाइमा रहेको मर्स्याङ्दी गाउँपलिका–३ सिउरुङ घरबासमा पर्यटक शून्य नै भइरहेको छ । मुलुकमा कोरोनापश्चात् लयमा फर्किन नसकेको यस घरबासमा फागुन महिनासम्म केही पर्यटक आए पनि चैतयता एक जना पनि पर्यटक आगमन हुन नसकेको सिउरुङ घरबास सञ्चालक समितिका सदस्य तथा मस्र्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य परकाशी गुरुङले बताए ।

मङ्लबार, ४ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो