नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० रुपैयाँ बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासंघले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।

विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासंघका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट एक अर्ब २८ करोड २५ लाख १८ हजार नौ सय ४६ रुपैयाँको फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएको छन् ।

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए ।

उनका अनुसार चालु आवमा धातुजन्य पदार्थबाट बनेका हस्तकला ९० करोड १८ लाख १९ हजार चार सय ७२ रुपैयाँ, उलनबाट बनेका १९ करोड ५२ लाख ६९ हजार आठ सय ९० रुपैयाँ, नेपाली कागजजन्य १८ करोड ५२ लाख ९६ हजार आठ सय ६६ रुपैयाँ, मोतीबाट बनेका १६ करोड चार लाख १६ हजार छ सय ३६ रुपैयाँ बराबरका सामग्री निर्यात भएका छन् ।

काठका आठ करोड ७७ लाख ५५ हजार आठ सय छ रुपैयाँ, कपासका पाँच करोड ६२ लाख ६९ हजार चार सय ७६ रुपैयाँ, सिसाजन्य हस्तकलाका सामग्री चार करोड ३४ लाख ३८ हजार दुई सय ५१ रुपैयाँ, नेपाली धूपजन्य तीन करोड ३९ लाख ३१ हजार सात सय ९७ रुपैयाँ निर्यात भएको छ ।

अल्लो, बाँसजन्य, ढाकाका कपडा, भाङबाट बनेका कपडा, छालाजन्य पदार्थ, पश्मिनाका कपडा, प्लास्टिकजन्य सामग्री, सिल्क, सिल्भर र ढुङ्गाबाट बनेका हस्तकलाका सामग्री ठूलो मात्रामा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए । उनका अनुसार यहाँ उत्पादित हस्तकला छिमेकीमूलुक भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, सिङ्गापुरलगायत देशमा निर्यात हुने गरेको छ ।

परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको महासंघले जनाएको छ । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् ।

शुक्रबार, ३२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो