Trending
पाकिस्तान सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गरेको छ । नेपालकालागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले भरतपुर आँखा अस्पताल नेत्र ज्योति संघलाई आउटरिच भ्यान हस्तान्तरण गरे । भरतपुरमा भएको एक कार्यक्रममा उन्ले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्यको अवस्था सवलीकरणको लागि सहयोग गरेको बताए ।
यो नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको एक हिस्सा भएको राजदूत हाश्मीले बताए । बीईएच १९ ८८ डी एफ बीसीसी आई फाउन्डेशनद्वारा प्रारम्भिक अनुदान संग निर्माण गरिएको थियो । नेपालको बिकासकालागि वर्षौंदेखि, पाकिस्तानी दूतावासले सहयोग गर्दे आएको छ । जुन दुई देश बीचको दिगो सहयोगको प्रतिबिम्ब हो ।