Trending
चोओयु हिमाल सफलतापूर्वक अरोहण गर्ने टोलिलाई सेभेन समिट ट्रेक्स कम्पनीले आज भव्य स्वागत गरेको छ । नेपालतर्फबाट पहिलो पटक चोओयु हिमाल ८१८८ मिटर अग्लो यसको सफल आरोहण गरि फर्किएको टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) हुँदै चोओयु आरोहण गरि आज टोली काठमाडौं फर्किएको हो । एक जना विदेशीसहितको सात जनाको टोलीले जेठ २४ गते बेलुकी ८ः३५ मा उक्त हिमालको सफल आरोहण गरेको थियो । यसअघि उनीहरुले चीनतर्फबाट उक्त हिमाल आरोहण गर्दै आएको थियो । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले नेपालतर्फबाट नयाँ रुट हुँदै चोओयुको पहिलो पटक आरोहण सफल भएको बताए । फ्रान्सका अलास्डिर म्याकान्जी, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा गरी सात जनाको टोलीले उक्त हिमालको आरोहण गरेको थियो । त्यस्तै, कञ्चनजङ्घा हिमालको सफल आरोहण गरी १८ वर्षीय निमा रिन्जी शेर्पा पनि आजै काठमाडौं फर्किएका छन् । उनलाई पनि विमानस्थलमा स्वागत गरियो । शनिबार शर्पाले कञ्चनजङ्घाको सफल आरोहण गरेका हिमाल आरोहि लाक्पा शेर्पाले जानकारी दिए । सात जना नेपालीसहित दुई जना विदेशी गरी नौ जनाले विदेशीले कञ्चनजङ्घा हिमालको आरोहण गरेका हुन् । उक्त हिमाल आरोहण गर्नेहरुमा निमा रिन्जी शेर्पा, पासाङ नुर्बु शेर्पा, फुरबु कुसाङ शेर्पा, फुरा छिरिङ शेर्पा, डेंडी शेर्पा, आङ तेन्जी शेर्पा, सोना शेर्पा, एलिना पेकोभा (रूस) र अन्जा ब्लाचाले (जर्मनी) छन् । आरोहि सबैलाई त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरीएको थियो ।