आज काठमाडौमा पाकिस्तान–नेपाल फ्रेण्डसिप पार्कको उद्घाटन गरीएको छ । पाकिस्तानी राजदूतावासले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर– ८ मा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्कको उद्घाटन समारोह आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथि थिए । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ गोल्फुटारका अध्यक्ष सुमन तामाङ, बूढानीलकण्ठ नगरपालिकाका उपमेयर श्रीमती अनिता लामा, गभर्नर लायन हरिप्रसाद दाहाल, बूढानीलकण्ठका वरिष्ठ प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क सञ्चालनका लागि बुढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौं र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गरे ।
उनले यस पहलमा सहयोग गर्ने सामुदायिक कार्यकर्ता, सामाजिक कार्यकर्ता र सबैलाई हार्दिक धन्यवाद पनि दिए । उनले यो पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको र जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने पनि बताए । राजदूतले पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्ध विश्वास र आपसी सम्मानको जगमा आधारित रहेको पनि बताए ।

शुक्रबार, २५ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो