Trending
आज काठमाडौमा पाकिस्तान–नेपाल फ्रेण्डसिप पार्कको उद्घाटन गरीएको छ । पाकिस्तानी राजदूतावासले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर– ८ मा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्कको उद्घाटन समारोह आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथि थिए । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ गोल्फुटारका अध्यक्ष सुमन तामाङ, बूढानीलकण्ठ नगरपालिकाका उपमेयर श्रीमती अनिता लामा, गभर्नर लायन हरिप्रसाद दाहाल, बूढानीलकण्ठका वरिष्ठ प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क सञ्चालनका लागि बुढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौं र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गरे ।
उनले यस पहलमा सहयोग गर्ने सामुदायिक कार्यकर्ता, सामाजिक कार्यकर्ता र सबैलाई हार्दिक धन्यवाद पनि दिए । उनले यो पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको र जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने पनि बताए । राजदूतले पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्ध विश्वास र आपसी सम्मानको जगमा आधारित रहेको पनि बताए ।