Trending
भक्तपुरको मध्यपुर पर्यटन विकास समितिले मध्यपुर नगरपालिकाको सहकार्यमा नगदेशमा शनिबार वः नेवारी फेस्टिवलको आयोजना गर्ने भएको छ । नेवारहरुको विशेष चाडपर्व सिथिनखको अवसरमा आयोजना गर्न लागिएको नेवारी समुदायको खानाबारे जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोे आयोजक समितिका सदस्य चन्द्र चक्रधरले जानकारी दिए । कार्यक्रममा नेवारी खाना अन्र्तगत मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मर मसला मिलाई तावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिने कार्यक्रमका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।
वः फेस्टिवल आयोजना गर्न स्थानीयवासीहरु तथा मध्यपुर नगरपालिकाको विशेष आर्थिक सहयोगवाट ८ लाख रुपैया जुटाईएको छ । नगदेशको प्राङ्गणमा १८ वटा नेवारी खानाको स्टल राखिनेछ छ । ७ वटा स्टलमा मध्यपुर थिमिबासीले उत्पादन गरेका हरिया फलफूल तथा कोरियन खाना किम्चि लगायत परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरण गर्न राखिने समितिका संयाजक विक्रम वादेले वताए । ग्रिन भेजिटेबल प्रदर्शन र खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष जानकारी दिने, स्वास्थ्य लाभ र मध्यपुर थिमिको पहिचान समेत गराउने उद्देश्यले मेला आयोजना गरिएको प्रजापतिले बताए ।
मध्यपुरमा रहेका प्राकृतिक सौन्र्दयता, विभिन्न पर्यटकीय आर्कषण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौं उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पु¥याई पर्यटकलाई आकर्शित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ । समितिका अनुसार, मध्यपुरमा भएको माटोको भाँडो बनाउने, सेरामिक्स र अनेकौं हस्तकलालाइ संरक्षण गरी मध्यपुरलाइ पर्यटकीय गन्तब्य बनाउने उद्देश्य सहित मेला आयोजना गरिएको हो ।
सै सिथिनखःबाट मध्यपुरबासीबाट सेवा प्रदान गरी मध्यपुर बासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरुलाइ तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निम्ति मेला आयोजना गरिएको समितिको भनाइ छ । जानकारहरूका अनुसार, नेपालमा वः खाने प्रचलन मल्लकालबाट शुरू भएको पाइन्छ ।
भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन रहेको छ । नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार र मृत्युपश्चात श्राद्ध तथा अन्य विभिन्न चाडपर्व मनाउन र देवीदेवतालाई चढाउन पनि वः को प्रयोग गर्ने गरेको पाइन्छ ।