काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले यस वर्ष १९ हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाएको जानकारी दिएका छन् । मेयर शाहले सामाजिक सञ्जाल एक्समार्फत एउटा कानुन कार्यान्वयनले यो वर्ष १९ हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाएको जानकारी दिएका हुन् ।

गएको शैक्षिक सत्र २०८० मा काठमाडौं महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको शाहले उल्लेख गरेका छन् । यस शैक्षिक सत्र २०८१ मा बुधबारसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको उनले जानकारी दिए ।

उनका अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएकामध्ये १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाएका छन् ।

‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दामात्रै लक्षित वर्गका विद्यार्थीहरूलाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ, प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौं, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ,’ मेयर शाहले भनेका छन् ।

हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको पनि उनले उल्लेख गरेका छन् ।

‘तीन दिनभित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ एक्समार्फत शाहले भनेका छन्, ‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस वर्ष करिब १९ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् ।’

कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै मेयर शाहले आफूहरू कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन् ।

बिहिबार, २४ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !