विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका–८ को संयुक्त आयोजनामा कपुर, समी, असारेलगायत जातका एक हजार पाँच सय बिरुवा रोपिएको हो । सो अवसरमा कोषका सदस्य सचिव डा मिलनकुमार थापाले मानव कल्याणका लागि प्रकृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रकृतिको संरक्षणका लागि प्रत्येक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउनुपर्नेमा उनले जोड दिए ।

काठमाडौँ–८ का वडाध्यक्ष आशामान सँगतले पशुपति क्षेत्रका अन्य खुला स्थानमा पनि वृक्षरोपणका लागि बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । आज रोपिएका सबै बिरुवा वडा कार्यालयले उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।

वृक्षरोपण कार्यक्रममा कोषका पदाधिकारी एवं परिषद् सदस्यलगायत कर्मचारी वडा कार्यालयका जनप्रतिनिधि एवं कर्मचारी, महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुखलगायत प्रहरीको उपस्थिति रहेको थियो । रासस

बुधबार, २३ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो