file photo

आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्। मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो।

धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मेसिनद्वारा धान रोपाइँ गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ।

“पहिलोपटक आधुनिक मेसिनको प्रयोग गरी धान रोपाइँ गर्न लागेका छौँ”, अध्यक्ष ऐरले भने, “पन्तनगरको सर्जु ५२ जातको धानको बीउ प्लाष्टिको ट्रेमा तयार गरेका छौँ ।”

मेसिनद्वारा धान रोपाइँ गर्ने किसानलाई धानको बीउसँगै पाँचवटा पावरटिलर, पाँचवटा मिनीटिलर, विषादी, जिंक, जाइम, पोषकतत्व, चारवटा रिपर, चारवटा हिलेचक्कालगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताए।

परियोजनाअन्तर्गत रु १२ लाख र सहकारीको रु १२ लाख गरी रु २४ लाख रकममा लागत साझेदारी गरिएको छ । स्थानीय किसान केशव जोशीले नौलो अनुभवसहित मेसिनद्वारा धान रोपाइँ गर्ने कार्य गर्न लागेको बताए।

“मेसिनले धान रोपाइँ गर्दा लागत खर्चमा निकै कमी आउने अपेक्षा गरेका छौँ”, उनले भने, “धान रोपाइँका लागि रोपाहा खोज्ने झन्झट हँुदैन, सहज रूपमा धान रोपाइँ गरी उत्पादनमा वृद्धि हुने विश्वास छ।”

बीउ तयार गर्न भने केही मेहनत गर्नुपरेको उहाँले उल्लेख गरे। नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले नगरपालिका क्षेत्रमै पहिलोपटक मेसिनको सहायताले धान रोपाइँ हुन लागेको बताए।

“किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ”, उनले भने, “धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ ।”

मङ्लबार, २२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा