Trending
उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती र बालबालिकामा असर परेको बताएकी छन्।
उनले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्धवृद्धामा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्यूनीकरणका लागि पहल गर्नुपर्नेमा जोड दिइन्। उनले जलवायु परिवर्तनको असर शहरमा बस्नेहरूलाई खासै जानकारी नभए पनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गरिन्।
उनले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बाली उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताइन्। उनले तराईमा पनि विभिन्न रोग भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्या विकराल बन्दै गएको भन्दै सरकारले समयमै विशेष ध्यान दिन जरुरी रहेको बताइन्। उनले जलवायु परिवर्तनबाट परेका असर न्यूनीकरणमा सबै एक भएर लाग्नुपर्ने बताइन्।ताइन्।