सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ नं. २ को अनुगमन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्तको कमान्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।

समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाई तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुत सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो । जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भएको छ ।

साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दुरिमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बीचबीचमा पाल टाँगेर बसेको थियो ।

सोमवार, २१ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !