श्रीमान श्रीमतीले एकैपटक मकालु हिमालको आरोहण गरेकाछन् । संखुवासभाको मकालु गाउँपालिकाकी याङ्जी शेर्पा र सोलुखुम्बु सोताङ गाउँपालिकाका तावा छिरिङ शेर्पा श्रीमान श्रीमतीले एकैपटक मे ६ मा संखुवासभास्थित मकालु हिमालको सफलतापूर्वक आरोहण गरेकाहुन् । उनीहरु दुबैजनाले मे ६ दिउँसो २ बजेर १६ मिनटमा मकालु हिकालको सफल आरोहण गरेका हुन् । याङ्जी शेर्पाले यस भन्दा अघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर सगरमाथाको चुचुरोमा पु¥याएर चर्चा कमाई सकेकीछन् । अहिले श्रीमान श्रीमती एउटै हिमाल एकै समयमा आरोहण गरेर चर्चा कमाउदैछन् । उन्का श्रीमान तावा छिरिङ शेर्पाले पनि यो पटक गरी मकालु हिमालको चार पटक सफल अरोहण गरी सकेकाछन् । हिमाल आरोहण निकै कठिन भएपनि श्रीमान श्रीमतीले मकालु हिमाल आरोहण गरेर नयाँ सन्देश दिएकाछन् । अघिल्लो बर्ष राष्ट्रपति पौडेलेको तस्वीर सगरमाथामा पु¥याएर सम्मान पाएकी याङजीले यस पटक भने राष्ट्रिय बाणिज्य बैकको लोगो मकालु हिमालको चुचुरोमा पु¥याएर चर्चा पाएकीछन् । मकालु हिमाल आरोहणकालागि राष्ट्रिय वाणिज्य बैकका तत्कालिन कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठले लोगो हस्तान्तरण गर्नुभएको थियो । यस भन्दा अघि पनि राष्ट्रिय वाणिज्य बैकको लागो सगरमाथाको चुचुरोमा पुगि सकेको छ । सगरमाथा र मकालु हिमालको आरोहणसंगै अन्य हिमाल आरोहण गर्ने प्रसस्ता बाटो खुलेको आरोहि शेर्पाले बताईन् । उन्ले महिला भएर हिम्मत नहारी आफूले दुख र मेहनतसाथ हिमाल आरोहण गरेको बताईन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा असर पुगेको भन्दै उन्ले हिमाल जागाउने सन्देश पनि अफूले दिन खोजेको बताईन् ।

आइतवार, २० जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा