संखुवासभाको मकालु गाउँपालिकाको माङसीमा सडेकमा गाउँमा केन्द्रीय बिद्युत प्रसारण लाईन जडान गरीने भएको छ ।  दुर्गम मकालुका यी गाउँहरुमा लामो समयदेखि ट्रान्सफर्मरको माग गरीदै आएको थियो  । तर, ढुवानीको समस्याले गर्दा उनीहरुको माग पुरा हुन सकेको थिएन । सेभेनसमिट ट्रेकका प्रोपाईटर तथा समाजसेवी मिङ्मा शेर्पाको काठमाडौ देखि गएको हलीकोप्टर हेली एभरेष्टले नुमदेखि दुर्गमा बस्तीहरुमा निःशुल्क ट्रान्सफर्मर ढुवानी गरीदिएको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले जानकारी दिए । हिमाल आरोही तथा समाजसेवी लाक्पा शेर्पाले काठमाडौ देखि गएको हेलिकोप्टरले सडेकमामा एक सेट र माङसिमामा एक सेट सामान ढुवानी गरेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष शेर्पाले मकालुमा समाजसेवी मिङ्मा शेर्पाले बिभिन्न सामाजिक काम गर्दे आएको जानकारी दिए । निःशुल्क रुपमा ट्रान्सफर्मर ढुवानीमा समस्या भएको तर, समाजसेवी मिङमा शेर्पासंग दुर्गम बस्तीको समस्या अबगत गराएपछि निःशुल्क ढुवानी गरेर गाउँपालिका मात्र है, दुर्गम बस्तीका जनतालाईसमेत प्रत्यक्ष फाईदा पुगेको बताउनुभयो ।

आइतवार, २० जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो