file photo

सरकारले दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा कर बढाएपछि स्वदेशी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको नेपाल चामल तेल दाल उद्योग संघले बताएको छ । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री वितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लगाउँदा नेपालका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको संघका अध्यक्ष कुमुद दुगडले बताए ।

उनका अनुसार कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग बन्द हुनेछन् । हाल मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ । यससँगै अतिरिक्त १० प्रतिशत अग्रिम आयकर भन्सारमै बुझाउने व्यवस्थाले दाल गेडागुडी महँगो हुने उनको भनाइ छ ।

नेपालमा ३५ वटा दाल उद्योग संचालनमा छन् भने ३५ अर्ब रुपैयाँको लगानी छ । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाएका छन् । साथै, दाल उद्योगहरूले सरकारलाई निरन्तर कर बुझाउँदै राजस्वमा योगदान दिँदै आएका छन् ।

‘हाम्रो बिचारमा कुनै उद्योगलाई १० प्रतिशत अग्रिम आयकर लगाउने सरकारको मनसाय भएर दाल उद्योगमा त्रुटीपूर्ण अग्रिम आयकर थपिएको हुन सक्छ । एचएस कोड ०७१३ मा खान हुने बनस्पति र केही जराहरू र गानाहरू भएकोमा आलु प्याजहरू यस्तै हार्मोनिक कोडसँगै भएकाले दालमा पनी त्रुटीपूर्ण समावेश भएको हुनसक्छ,’ संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एकातर्फ खुद नाफामा २० प्रतिशत सिमित छ भने अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्यूनतम खुद नाफामा ५० प्रतिशत हुनुपर्ने देखाएको संघले बताएको छ । यस्तो अवस्थामा उद्योग बन्द हुने अवस्था सिर्जना भएको संघले बताएको छ ।

शुक्रबार, १८ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो