Trending
महिलालाई ट्राफिकलाई महिनावारी हुँदा चार दिन सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई महिनावारी हुँदा चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जानकारी दिएका हुन् ।
महिनावारीको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुपर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’