अभिनेत्री छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन् । उनले ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नाराका साथ सगरमाथा आरोहण गरेकी हुन् । अभिनेत्री शेर्पाले आरोहणलाई प्रतिस्पर्धात्मक नभई सन्देशात्मक र किर्तिमानको लागि मात्र नभई आरोहणमा प्रतिबद्ध व्यक्तित्वहरुको सम्मान तथा आरोहणमा जीवन त्याग गर्ने सम्पूर्ण बलिदान प्रति भावपूर्ण श्रद्धासुमन अर्पणका लागि सर्बोच्च शिखर सगरमाथा आरोहण गरेको बताएकी छिन् ।

यसकासाथै शेर्पाले नेपाल सरकारसँग केहि मागहरु पनि राखेकी छिन् । उनले राष्ट्रियस्तरबाट शेर्पा समुदायलाई आरोहीको रुपमा मात्रै व्याख्या नगरेर यस समुदायलाई संविधान अनुरुप प्राप्त हुनु पर्ने सेवा सुबिधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण गरिनुपर्ने उनको माग छ । यसैगरी, राज्यले सगरमाथाको उपयोग गरी विभिन्न तवरले कर वा अन्य आम्दानीबाट आर्जित राजस्वको केहि हिस्सा यही हिमाली भेगमा लगानी गर्नुपर्ने कार्यविधि निर्माण गरिनुपर्ने पनि उनले माग राखेकी छिन् ।

कर्मशिल शेर्पा समुदायको हितको लागि आधुनिक शिक्षा प्रविधि र यन्त्र उपकरणको प्रयोग र परिचालन गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा राज्यको लगानी गर्नुपर्ने, आरोहरणमा आवद्ध, जनशक्तिलाई राष्ट्रिय स्तरमा तालिम, परामर्श दिई कार्य क्षेत्रमा सहजीकरणको व्यवस्था मिलाउनुपर्ने र नेपाल सरकारको मातहतमा नै सम्पूर्ण आरोहीको विमाको व्यवस्था गरि जोखिम न्युनिकरणमा राज्यको प्रतिवद्धता हुनुपर्ने अभिनेत्रीको शेर्पाको भनाइ छ । यसैगरी, आरोहीको आरोहणको क्रममा अंगभङ्ग भई अपाङ्गता भएमा उचित क्षतिपूर्ति साथै बैकल्पिक व्यवस्था निर्माण गरी जीवन यापन गर्न सहजीकरण गर्नुपर्ने, दुर्घटना वस कार्य क्षेत्रमा जिवन त्याग गरेको हकमा राज्यले उचित क्षतिपूर्ति दिई दिवंगत परिवारजनले स्वरोजगार भई कार्य गरि जीवन यापन गर्न सक्ने कार्यविधि लागु गर्न सरकारलाई उनले अनुरोध गरेकी छिन् ।

शेर्पाले कार्य क्षेत्रमा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नेपालमा मात्र नभई विश्वका अन्य मुलुका आरेहीको त्यागलाई सम्झन र सम्मान गर्न वार्षिक कुनै कार्यक्रम र मिति तय गर्न, जलवायु परिवर्तनबाट हिमाली भु–भागमा परेको क्षतिलाई रोक्न राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा आवाज उठाउन तथा सगरमाथामा अव्यस्थित रुपमा छरिएको फोहोरलाई हटाउन तत्काल पहल गर्न माग राखेकी छिन् । त्यस्तै,भौगोलिक विकट क्षेत्रमा रहेको हिमाली क्षेत्रलाई राज्यको केन्द्र सँग सहज रुपमा पँहुच स्थापित हुने वातारण तय गर्न, आरोहीहरुलाई तत्काल आधुनिक सुचना संयन्त्र तथा भौगोलिक वातावरण पहिचान मुल्याङ्कन गर्न सक्ने यन्त्र उपकरणको पहुँच स्थापित गर्न र हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रितिरिवाज र चाडपर्वलाई जगेर्ना गरि राष्ट्रिय स्तरमा यसको प्रवर्द्न राज्यको लागि गर्नुपर्ने शेर्पाको भनाइ छ ।

यसका साथै, सगरमाथा आरोहणमा देखिएको आरोहण चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्न र हिमाली क्षेत्रलाई भविष्यमा हुन सक्ने जलवायु परिवर्तनको शिकार हुनबाट बचाउन सकेमा मात्रै पर्यटन प्रवद्र्धनबाट लाभ लिन सक्ने उनको भनाइ छ । यसकासाथै हिमाली भेगका शेर्पा समुदायलाई राष्ट्रिय हितमा लगानी गर्न सकेमा मात्र देशले भौगालिक क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुर्याउन सक्ने उनको भनाइ छ । उनले कालापत्थरमा नृत्य प्रस्तुत गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उन्ले आफ्नो नाम पनि पहिला नै लेखाई सकेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पत्र हस्तान्तरण गरेर शेर्पालाई सम्मान गरेका थिए ।

 

सोमवार, १४ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे