लण्डनमा रहेकी अभिनेत्री मनीषा कोइरालाले त्यहाँका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको लागि निम्ता गरेकी छन्। मंगलबार भएको भेटमा उनले ऋषिलाई नेपाल आउन र सगरमाथा क्षेत्रको पदयात्रा गर्न अफर गरेकी हुन्।

नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले समारोह आयोजना गरेका थिए। कार्यक्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिति थियो। अतिथिको रुपमा मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन्।

मनीषाले इन्स्टाग्रामबाट सुनकसँगको भेटका तस्बिर र भेटमा भएको कुराकानीबारे पोस्ट गरेकी छन्। प्रधानमन्त्री सुनकबाट नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ।

अनौपचारिक संवादमा प्रधानमन्त्री सुनकलाई आफूले सगरमाथा आधार शिविरको पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन्। समारोहमा उपस्थित धेरैजसोले ‘हीरामण्डी’ वेबसिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन्।

बुधबार, ९ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान