गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण टाइफाइड, डेंगु, मलेरिया र भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

यहाँको सरकारी भरतपुर अस्पतालमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार ६ सय हाराहारी हुने बिरामी दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन्।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो। मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए।

उनले भनो, ‘अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो।’ अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले संख्यात्मक रूपमा केही बढी देखिन थालेको छ।

लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ। अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको उनले बताए। उनले भने, ‘बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर दुईवटा थप्ने योजनामा अस्पताल रहेको छ।’

नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, झाडापखालाका बढी मात्रामा छन्। उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो। बहिरंग सेवामा आउने बिरामीको संख्या बढ्दो क्रममा छ।

गत माघदेखिको तथ्यांक हेर्ने हो भने अस्पतालको बहिरंग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ। माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गतेसम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन्।

अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ। उनले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गरे। उनले भने, ‘अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौं।’ सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउनसमेत उनले आग्रह गरे।

अहिले अस्पतालले तीन वर्षमुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ। योसँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उनले बताए।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको संख्या बढ्दै गएको बताए। उनले चैतमाभन्दा वैशाख लागेसँगै बिरामीको संख्या बढ्दै गएको बताए। गर्मी बढ्दै जाँदा बिरामीको संख्या अझै बढ्न सक्ने भन्दै उनले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गरे।

आइतवार, २३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !