Trending
संखुवासभा समाज अमेरिकाले मिर्गौला रोगबाट पीडित संखुवासभाबासी टिकाराम गुरुङलाई आर्थिक सहयोग गरेको छ ।
संखुवासभाको बरुण बहुमुखी क्याम्पस खाँदबारीको पूर्व क्याम्पस प्रमुखसमेत रहेका गुरुङको मिर्गौला फेल भएपछि उपचार गराई रहेकाछन् । उन्लाई संखुवासभा समाज अमेरिकाका उपाध्यक्ष मनोज श्रेष्ठले संस्थागत दुइ लाख रुपैया हस्तान्तरण गरे ।
टिकाराम गुरुङ बचाऊ अभियानमासमेत आर्थिक सहयोग गरि दिन समाजले आग्रह पनि गरेको छ । समाजले आर्थिक अवस्था कमजोर भएर उपचार पाउनबाट बञ्चित हुन नदिन यस अघि पनि निरन्तर सहयोग गर्दे आएको छ । संस्थाकी अध्यक्ष, समाजसेवी शान्ति श्रेष्ठले यस अघि पनि नेपाल आउँदा आर्थिक अवस्थाका कारण मुटुरोगको उपचार गराउन बञ्चित बिरामीको उपचारकालागि आर्थिक सहयोग दिदै आउनुभएको थियो ।
यसकासाथै बिभिन्न क्षेत्रमा सहयोग आदानप्रदान भएको थियो । यसपटक पनि अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष, मनोज श्रेष्ठ,महासचिव हरिकुमार श्रेष्ठ, मुकेश श्रेष्ठ, बिष्णु पौडेल, कर्म तेञ्जिङ्ग भोटिया,देवानन्द श्रेष्ठ, सुष्मा श्रेष्ठ,दिनेश श्रेष्ठ, ई. प्रमोद श्रेष्ठ, नोय नाथ पोखरेल, रिपेन्द्र कार्की,बेदनिधि दाहाल,सन्तोष काफले, बाल कृष्ण श्रेष्ठ र कमला पोखरेलले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक रुपले बिपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा यो संस्थाले बिभिन्न सहयोग गर्दे आएको छ ।