नेपालस्थित पाकिस्तानी राजदूतावासले आज एक कार्यक्रमकाबीच छात्रबृत्ति प्रदान गरेको छ । काठमाडौंको हायात प्लेसमा एक भब्य कार्यक्रमको आयोजना गरी १२ औँ वार्षिक छात्रवृत्ति पुरस्कार बितरण गरेको हो । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उन्ले नेपाली विद्यार्थीहरूलाई “एम्बेसेडर अफ पाकिस्तान स्कलरसिप” प्रदान गरे ।
छात्रवृत्ति नेपालभरका विद्यालयका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा चयन गरिएका सबैभन्दा योग्य, उज्ज्वल नेपाली विद्यार्थीहरूलाई प्रदान गर्ने गरीएको छ । यस वर्ष पनि १ सय १९ विद्यालयका १ सय ८० विद्यार्थीले छात्रवृत्ति पाएका थिए । राजदूतावासले उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसमेत प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै सचिव सुरेश अधिकारीले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोग गरेकोमा प्रशंसा गरे । यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको उनले बताए । शिक्षामा पाकिस्तानको समर्थनले दुई देशका युवाहरूलाई साझा दृष्टिकोणको स्मरण गराउन लामो यात्रा गर्ने सचिव अधिकारीले बताए । उन्ले शिक्षित युवा सबैका लागि लाभदायक हुने भन्दै भविश्यमा पनि छात्रवृत्तिको निरन्तरताकालागि आग्रह गरे ।

नेपालकालागि पाकिस्तानका राजदूत अबरार एच हाश्मिले नेपाल र पाकिस्तानबीचको सम्बन्ध समधुर रहेको भन्दै आगामी दिनमासेत छात्रबृत्तिलाई निरन्तरता दिने र कोटामा बृद्धि गर्ने बताए । उनले शिक्षा र चेतनाबाटै परिर्वतन सम्भव हुने भन्दै दुर्गम क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षाकालागि पाकिस्तान सरकारले सहयोग गर्ने बताए ।
उन्ले खेलकुद र दुईदेशबीचको साँस्कृतिक, सामाजिक, पर्यटकीय क्षेत्रहरुमा सहयोग आदानप्रदान गर्दे आगामी दिनमासमेत यसलाई अझ बलियो बनाउने बताए । आर्थिक अवस्था कमजोर भएर उपचार पाउनबाट बन्चित दुर्गम क्षेत्रका जनताकालागि सहयोग गर्दे आएको र आगामी दिनमासमत सहयोग जारी राख्ने वचन दिए ।

शुक्रबार, १४ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे