Trending
पर्यटन क्षेत्रमा प्रख्यात एटके एक्सपेडिसनले संखुवासभाको मकालु गाउँपालिकामा एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । पर्यटन क्षेत्रमा अब्बल यस कम्पनीले एम्बुलेन्स खरिद गर्न आवश्यक पर्ने २० लाख ८ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
कम्पनीका सञ्चालकहरुले मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरीङ शेर्पालाई एक कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त चेक एक्सपेडिसन कम्पनीका सञ्चालकहरु तेम्बा शेर्पा, लाक्पा टि शेर्पा र लाक्पा एन् शेर्पाले हस्तान्तरण गरेका हुन् ।
यस अघि एम्बुलेन्स खरिदकालागि मकालु युवा समाजले सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको थियो । तर, एम्बुलेन्स खरिद गर्न रकम धेरै लागने भएकाले सहयोगि दाताहरुबाट उक्त रकम संकलन गर्न सहज नभएकाले एटके एक्सपेडिसनलाई आग्रह गरीएको मकालु युवा समाजका अध्यक्ष नूर्वु शेर्पाले जानकारी दिए ।
एम्बुलेन्स खरिदकालागि सम्पूर्ण प्रकृया पुरा भई सकेको र अब एम्बुलेन्स बिक्रेतासंग सम्झौता गरीने शेर्पाले जानकारी दिए । खरिद सम्झौता गरीएको ३ महिनाभित्र पालिकामा एम्बुलेन्स आईपुग्ने उन्ले बताए ।
मकालु गाउँपालिकामा यस अघि पनि भारतीय राजदूतावासले एकवटा एम्बुलेन्स उपलब्ध गराएपनि भूगोल र सडक अनुसारको नभएकाले लाभलिन नसकीएको मकालु युवा समाजका अध्यक्ष शेर्पाले बताए । आउन लागेको एम्बुलेन्स फोर विलर रहेको हो ।