चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा नौं कोठे विद्यालय भवनको शुक्रबार शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँको शैक्षिक उन्नयनका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयमा पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्वीकृतिको लागि प्रक्रिया प्रारम्भ भएको बताए ।

कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन सय एक विद्यार्थी अध्यानरत छन् । विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताए ।

“असहज हुँदा विद्यार्थीलाई बाहिर राखेर पढाउने गरेका छौँ”, उनले भने, “भवन भत्काएपछि समस्या भएको छ ।” उनले कालिका नगरपालिका–१० बाट यहाँ चेपाङ बालबालिका अध्ययनका लागि आउने गरेको बताए । “बालबालिकालाई डेढ÷दुई घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ”, उनले भने, “यहाँ आवासीय विद्यालय बनाउन आवश्यक छ ।”

यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले ५ कक्षा पढेर पढाइ छाड्ने गरेको उनले बताए । कक्षा ८ उत्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन । “चेपाङ बस्तीमा यो समस्या विकराल छ”, प्रअ गुरुङले भने, “कक्षा ८ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी ९ कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानुपर्ने बाध्यता छ ।” यहाँका विद्यार्थीलाई शक्तिखोर जान पाँच घण्टा र हात्तीवाङ तीन घण्टा लाग्छ ।

पालिकाको रु ४० लाख र सपना भिलेजको रु ४० लाख गरी रु ८० लाखको लगानीमा भवन निर्माणको काम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विद्यायलमा ६ कक्षामाथिका बालबालिकालाई आवासीय सुविधा दिने योजनाका साथ भवन निर्माणको काम सुरु गरिएको बताए । उनले यो वडामा रहेका सबै बालबालिकालाई सरकारले दिएको दिवा खाजाको बजेट थप गरेर पेटभरि दिवा खाजा खुवाउने योजना अघि बढाइएको जानकारी दिए । सरकारले दिवा खाजाका लागि प्रतिविद्यार्थी रु १५ दिँदै आएको छ ।

शनिबार, ८ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे