ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीको अग्रस्थानमा नेपाल पर्ने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनबाट थप प्रभावित बन्नबाट बच्नका लागि समेत हरित ऊर्जातर्फ लगानी गर्नुपर्ने बताएका हुन् ।

मन्त्री बस्नेतले नेपालमा ‘ग्रिन हाइड्रोजन’ को उल्लेख्य सम्भावना रहेको समेत बताए । पर्याप्त सम्भावना भएर पनि ग्रिन हाइड्रोजनबारे छलफल गर्न ढिला भइसकेको समेत मन्त्री बस्नेतको भनाई छ । ‘ग्रिन हाइड्रोजन’बाट नेपालले उठाउन सक्ने लाभ उठाउने गरी अघि बढ्नुपर्छ,’ मन्त्री बस्नेतले भने । यतिबेला जलवायु परिवर्तनले पारेका नकारात्मक प्रभावका विषयमा विश्वव्यापी छलफल भइरहेको छ ।

यो स्थितिसँग जुध्नका लागि नीतिगत संरचनागत र कानुनी व्यवस्थामा समेत हरित ऊर्जातर्फ ध्यान केन्द्रित गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । ‘समग्र अर्थतन्त्रलाई केलाउँदा भावी दिनमा ‘ग्रिन हाइड्रोजन’ मुख्य आधार बन्ने देखिन्छ,’ उनले भने ।

उर्जामन्त्री बस्नेतले जलवायु परिवर्तन न्यूनिकरण गर्न सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेकोमा पनि जोड दिनुभयो । उहाँले बिभिन्न एनजिओ आईएनजिओ यसै बिषयमा काम गरी रहेको भन्दै सहयोगको लाग सहकार्य गर्न गर्न आहनसमेत गर्नुभयो ।

बुधबार, ५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो