केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा अहिले कक्षा छ मा पढ्छिन, अङ्किता दमाई । विगतका वर्षमा मुस्किलले पास हुने उनी यसपटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भइन । पाठ्यपुस्तक अभाव र मेहेनत नहुँदा खस्केको उनको पढाइ यस वर्ष भने राम्रो हुँदा उनका परिवार पनि ढङ्ग छन् ।

“उसको पढ्ने रहर त थियो । तर, पढ्नलाई किताबै पाइँदैन थिए”, उनकी दिदी सिर्जनाले भनिन्, “पुराना किताब आधा च्यातिसकेका हुन्थे । घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिए । बहिनीको नतिजा पनि गतिलो हुँदैन थियो ।” गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानी पनि विकास भएको र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको सिर्जनाले सुनाइन् ।

सोही विद्यालयका तेजेन्द्र भण्डारी चार कक्षामा पढ्ने बेलामा एउटा किताब त फागुनमा मात्रै पुगेको थियो । “फागुनमा किताब पढेर चैतमा जाँच दिएर कसरी पास हुनु ? निकै मुस्किल हुन्थ्यो । मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए । यस पटक सबैले राम्रो अङ्क ल्याएर पास भएका छन्”, उनले भने।

वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थीका रुपमा चिनिन्छन् । गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने झन् उनले मेहेनत बढाए । “विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचक्क्र्याँई गर्नुहुन्थ्यो”, उनले भने, “आधा कोर्स पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो । अहिले भने सबै पढाइ हुन्छ । विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन् ।”

बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययनर कल्पना ढाँटको पनि । उनले भनिन्, “सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ । विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहनुभएको छ । केही अपुग भए पनि हामी गुनासो गर्छौं । समस्या समाधान हुन्छ ।”

जिल्लाकै बढी विद्यार्थी हुने मध्येको केदार माविमा यसपटक नतिजा राम्रो आएको उहाँले सुनाउनुभयो । शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण भएकाले नतिजा सुधारोन्मुख भएको शिक्षा विकास तथा समन्वय इकाई बझाङको भनाइ छ । इकाईका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतिजाको तथ्याङ्क यकिन नभए पनि नतिजा फेरिएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदा वर्षभरिमा पढाइ पनि हुने ज्ञान पनि हासिल गर्ने उनले बताए ।

गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हात–हातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन् ।

कतिपय विद्यालयले आवश्यकताअनुसार चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन् । खप्तडछान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ ।

“सोही अनुसार विद्यालयले पाठ्यपुस्तक ल्याउँछन्” उनले भने, “नतिजापछि विद्यार्थीहरू घटबढ हुन सक्छन् भनेर अहिले ७५ प्रतिशत पाठ्यपुस्तक ल्याउन विद्यालयलाई भनेका छौँ । बढी ल्याउँदा पछि खेर जान पनि सक्छन् । बरू छुटेको खण्डमा फेरि पुस्तक ल्याउन विद्यालयलाई भुक्तानी गरिदिन्छौँ ।”

जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरूले पुस्तकहरू धमाधम ढुवानी गरिरहेको शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ । इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट सबै विद्यार्थीले नयाँ पुस्तक पाउनेछन् ।

आइतवार, २५ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो