Trending
पुस्तकालय अभियान पुर्वी जिल्ला संखुवासभा पुगेको छ । अभियान अन्र्तगत खाँदबारी नगरपालिका– ११ मंगलादेवी आधारभुत विद्यालय हेलुवाबेशीमा पुस्तकालय स्तरोन्नतिका लागी पुस्तक उपलब्ध गराईएको छ ।
साब्लाबुङ पुस्तकालय अभियानले एक कार्यक्रमकाबीच मंगलादेवी आधारभूत विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो । शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय, घर–घरमा पुस्तकालय भन्ने नारा अघि सारेर साब्लाबुङ पुस्तकालय अभियानले पुस्तक उपलब्ध गराएको हो । पुस्तकालय अभियानका प्रमुख राजकुमार राईले एक साहित्यिक कार्यक्रम गर्दे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन सिं राईलाई झण्डै एक लाख रुपैया मूल्य बढीको साहित्यिक तथा अन्य पुस्तकहरु हस्तान्तरण गरे ।
९ सय ७० थान पुस्तक हस्तान्तरण गरेको अभियान्ता राईको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य विधालयका प्रधानाध्यापक सुर्य बहादुर थापाले गरेका थिए । पुस्तकालयलाई थप व्यवहारिक तथा व्यवस्थित बनाउन स्थानीय निकायले सहयोग गर्ने खाँदबारी नगरपालिकाका वडा नम्बर–११ का वडा अध्यक्ष अनिल राईले प्रतिबद्धता जनाए ।
पुस्तकालयलाई निरन्तररूपमा थप पुस्तक उपलब्ध गराउने र पुस्तकालयमा आएर सबैलाई अध्ययन गर्न साब्लाबुङ पुस्तकालयका प्रमुख राईले आग्रह गरे । सो कार्यक्रममा विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन सिं राइले साब्लाबुङ पुस्तकालय अभियानका प्रमुख राईलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।
अभियान्ता राईले लामो समयदेखि नेपालभरका दुर्गम क्षेत्रका बिद्यालयमा पुस्तक उपलब्ध गराउँदै आएकाछन् । हङकङ निवासी राई सामाजिक काममा पनि त्यतिकै सकृय हुनुहुन्छ । नेपाल आएको समयमा समेत उहाँले यो अभियानलाई निरन्तरता दिनुभएको छ ।