ललितपुर महानगरपालिकाले चक्रपथ कुसन्तीमा नेपालमा पहिलो लिफ्टसहितको अपाङ्ग मैत्री आकाशेपुल निर्माण गर्ने भएको छ । पुलको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरे ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले चार वर्षको लगातारको मेहनत पछि आज पुलको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए । पुल निर्माणका लागि सडक विभागले स्वीकृति दिन ढिलाइ गर्दा ढिलो भएको उन्को भनाइ थियो ।

४ करोड ९२ लाख १६ हजार रुपैयाँको लागतमा निर्माण हुने आकाशे पुल निर्माणका लागि लामा प्रगती–मणि बुद्ध जेभि सँग यहि फागुन २० गते सम्झौता भएको हो । एक वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख महर्जनले बताए । प्रमुख महर्जनले महानगरपालिकाले निकट भविष्यमै बाँकी ७ दशमलब ९ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट जडानको लागि टेण्डर भइसकेको र चाँडैनै लाइट जडान कार्य सुरु हुने जानकारी पनि दिए ।

बाटो काट्ने पुल र लाइट नभएकाले यस क्षेत्रमा दुर्घटनाका कारण १७ जनाको मृत्यु भइसकेको छ ।

सोमवार, २८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा