संखुवासभामा आयोजित मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। शनिबार भएको फाइनल खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को अन्तरमा हराएको हो। पहिलो सेट गण्डकीले २५–२० अंक प्राप्त गर्दै जित हासिल गरे पनि त्यसपछि लगातार २५–२३, २५–२१ र २५–२१ अंक प्राप्त गर्दै तीनै सेट जित्दै एपिएफले उपाधि चुमेको हो।
प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ। पुलिससँग २५–२३, २५–१७, २५–१७ ले पराजित आर्मीले चौथो स्थानमा चित्त बुझाएको छ। फाइनल खेलमा म्यान अफ द म्याच एपिएफका विजय थापा घोषित भए। थापालाई आयोजकको तर्फबाट नगद ५ हजार रुपैयाँले पुरस्कृत गरिएको छ।
सदरमुकाम खाँदबारी–७ स्थित खाँदबारी रंगशालामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको छ। विजेताहरूलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले पुरस्कार हस्तान्तरण गरे। प्रतियोगितामा बागमती र मधेश प्रदेशबाहेक पाँच प्रदेश र तीन विभागीय टिम आर्मी, पुलिस र सशस्त्र गरी ८ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः तीन लाख र एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा तृतीयले ५० हजार र चौथो टिमले ३० हजार रुपैयाँ पाएका छन्।

शनिबार, १९ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान