पाकिस्तान मुस्लिम लिग-नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री निर्वाचित भएकी छिन्। प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले उनी मुख्यमन्त्री बनेको घोषणा गरेका हुन्।

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्री निर्वाचित भएकी हुन्।

आरक्षित सिटसम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिए र मतदान प्रक्रिया बहिष्कार गरेका थिए। ५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री भएकी हुन्।

मरियम पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन्।

निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकमा सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरे।

मङ्लबार, १५ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !