निर्वाचन आयोगले राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो ।

आयोगका सहायक प्रवक्ता तथा उपसचिव डा. थानेश्वर भुसालका अनुसार आफ्नो दलको नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधनलाई ऐनको व्यवस्थाअनुसार ३० दिनभित्र आयोगमा बुझाउन दललाई आयोगले निर्देशन गरेको हो ।

दलको स्वीकृत विधानबमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी महाधिवेशनबाट अनुमोदन गराई अद्यावधिकका लागि आयोगमा पेस गर्न आयोगले भनेको छ । योग्यता पुगेको व्यक्तिलाई मात्र सदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्न, सदस्यता वितरणको विवरण स्थानीय तह, प्रदेश तह तथा केन्द्रीय तहमा अद्यावधिक गर्न पनि आयोगले भनेको छ ।

आयोगले ऐनको दफा १५ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिताको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार दलको सङ्घीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्नुहोस् ।”

आयोगले दललाई आय व्ययको वास्तविक हिसाब किताब देखिनेगरी राजनीतिक दलसम्बन्धी ऐनबमोजिम तोकेको ढाँचामा लेखा राखी अभिलेख राख्ने प्रयोजनका लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउन पनि आयोगले निर्देश गरेको छ । आर्थिक कारोबार गर्दा बैङ्कमार्फत गर्न पनि आयोगले भनेको छ ।

बिहिबार, ३ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !