शुक्लाफाँटा नगरपालिका–८ स्थित जनभावना आधारभूत विद्यालयमा अध्ययनरत मुक्तकमैया परिवारका बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको छ । मित्रराष्ट्र चीनको दातृ संस्था ‘चाइना फाउण्डेसन फर रुरल डिभलपमेन्ट’को सहयोगमा दुई सय २५ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको हो ।

दलित समुदायका साथै मुक्तकमैयाका बालबालिका पढ्ने विद्यालयको छनोट गरी नगरपालिकाको समन्वयमा बालबालिकालाई सहयोगस्वरुप उपलब्ध गराइएका ट्रयाक सुट, गलबन्दी, ऊनीको टोपी, मोजा, पञ्जालगायतका कपडा वितरण गरिएको विद्यालयका प्राध्यानाध्यापक पुष्पराज भट्टले बताए ।

‘बालबालिकाका अभिभावकको आर्थिक अवस्थाले कापी, कलम, पोसाक खरिद गर्ने अवस्था छैन,’ उनले भने, ‘दैनिक ज्याला मजदुरी गरेर मुक्तकमैया, दलित परिवारले जीविका चलाउँदै आएका छन्, फाउण्डेसनले सहयोग गरेपछि बालबालिकालाई चिसोबाट बचाउन सकिने भएको छ ।’

अभिभावकले पुस्तक बोक्ने झोला खरिद गर्न नसकेपछि शैक्षिक सत्रको सुरुमै भर्ना भएका बालबालिकालाई झोलासमेत विद्यालयका तर्फबाट निःशुल्करुपमा उपलब्ध गराइएको उनको भनाइ छ । मुक्तकमैया परिवारका रीता चौधरीले ज्याला मजदुरी गरेर खाने परिवार भएकाले दैनिक खाना खर्च जुटाउन धौधौ भएका बेला दातृ संस्थाले बालबालिकालाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले विपन्न परिवारका बालबालिका पढने विद्यालयको छनोट गरी न्यानो कपडा वितरण गरिएको बताए। ‘कोही पनि आधारभूत शिक्षाबाट वञ्चित नहोस् भनेर विद्यालयमा छात्रवृत्तिका साथै अन्य शैक्षिक सामग्री पनि वितरण गरिँदै आइएको छ,’ उनले भने, ‘वडा कार्यालयका तर्फबाट अनुदान रकम दिने कार्य पनि भइरहेको छ ।’

त्यसैगरी निजी स्रोतका शिक्षकको मर्कालाई समेत मध्यनजर गरी कार्यविधि संशोधन गरेर तलब उपलब्ध गराउन पनि लागिपरेको उनले बताए । वडा नं ८ का कार्यवाहक वडाध्यक्ष लालबहादुर महरा र भगवती सामुदायिक वनका अध्यक्ष केशवसिंह धामीले न्यानो कपडा उपलब्ध गराउने संस्थालाई धन्यवाद ज्ञपान गरे ।

विद्यालयमा दुई सय बढी बालबालिका पढ्दै आएका छन् । फाउण्डेसनले नगरपालिकाका पाँच वटा तथा जिल्लाका ११ विद्यालयका एक हजार दुई सय ४९ बालबालिकालाई न्यानो कपडा वितरण गरेको जनाएको छ ।

बुधबार, २४ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा