Trending
हिमालय भोटे समाजले २१५१ औ डुक ल्हो ल्होसारको अवसरमा संखुवासभाको भोटखोला गाउँस्तरीय खेल आर्चरी दर्ची (तीर) खेल सम्पन्न गरेको छ ।

काठमाडौको लाखे पोखरीमा सम्पन्न भएको खेलमा भोटखोलाका ९ वटा टिम सहभागि भएका थिए । अत्यन्त उत्साहजनक रुपमा सम्पन्न खेलमा थाङमुछी विकास समाजले पहिलो स्थान प्राप्त गरेको छ । त्यसैगरी पाङदोक मिङो ङाले दोस्रो स्थान र किमाथांकाले तेस्रो स्थान प्राप्त गरेका थिए ।
हटिया समाज चौथो स्थानमा आउन सफल भएको थियो । प्रथम स्थान प्राप्त गर्ने थाङमुछी विकास समाजले ३१ हजार पाँचसय, दोस्रो पाङदोक मिङो ङाले २० हजार पाँचसय, तेस्रो किमाथांकाले १० हजार पाँचसय र चौथो हटिया समाजले ५ हजार पाँचसय रुपैया प्राप्त गरेका थिए ।
प्रथम हिमालय भोटे समाजका अध्यक्ष जम्लिङ भोटेले आगामी दिनमासमेत यस्तो खेललाई निरन्तरता दिने बताए ।