राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

शितल निवासमा बिहीबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि हिमाल बचाउन र पानीको स्रोत जोगाउने साझा मुद्दामा दुवै देश मिलेर काम गर्नुपर्ने बताए।

हिमाल बचाउने कुरा नेपालको मात्र नभएर विश्वकै साझा चुनौती भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि कार्बन उत्सर्जन बढी गर्ने मुलुकले बढी लगानी गर्नुपर्ने नेपालको धारणाबारे प्रष्ट पारेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

बन्धुत्व, आपसी सहयोग तथा समझदारीमा आधारित दुई देशको सम्बन्ध आगामी दिनमा थप मजबुत बनाउँदै बहुहपक्षीय क्षेत्र एवं अन्तराष्ट्रिय मञ्चहरुमा साझेदारी गर्दै अगाडि बढ्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

अध्यक्ष जेरी बट्टिमरले नेपालको लोकतान्त्रिक संविधानमा जनताका अधिकारहरूको व्यवस्था देखेर आफू चकित र रोमाञ्चित भएको उल्लेख गरेका थिए।

बिहिबार, २६ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान