उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ ।

तर, बाराको आदर्श कोटवाल गाँउपालिका–५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आआफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् । आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरूलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको गुनासो गर्दछन् ।

चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षक रामबाबु प्रसाद यादवको भनाइ छ । आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अँध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ ।

बाराको आदर्श कोटवाल गाउँपालिका–५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ । तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जीर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गरिन् ।

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

शनिबार, १४ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा