file photo

संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ)ले आयोजना गरेको इयर अफ मिलेट्स फोटो प्रतियोगितामा नेपाली फोटोग्राफरले खिचेको नेपालको फोटोले दोस्रो स्थान पाएको । नवलपरासीमा फोटोग्राफर राज अधिकारीले खिचेको फोटोले दोस्रो स्थान पाएको हो ।

एफएओले प्रतियोगितामा पहिलो स्थान पाएको फोटोको केही दिनअघि नै घोषणा गरेको थियो । दोस्रो स्थानका लागि ४ फोटोहरु छानिएका थिए । यीमध्ये सार्वजनिक भोटिङका आधारमा एउटा फोटोले दोस्रो स्थान जित्ने थियो । ११ देखि १५ डिसेम्बरसम्म भएको भोटिङका आधारमा अधिकारीको ‘कोदो संरक्षणमा महिलाको भूमिका’ शीर्षकको फोटोले दोस्रो स्थान पाएको हो ।

प्रतियोगितामा ५८ देशका ८०० फोटोहरु सहभागी थिए । यी सबैलाई उछिन्दै दक्षिण अफ्रिकाका जोनाथन रिजले खिचेको फोटोले पहिलो स्थान पाएको थियो ।

बुधबार, ४ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा