लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

भारतीय दूतावास, काठमाडौँ र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् । बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत बताए ।

बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै उनले ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको तथा यसको अनुशरण र परिपालना हुनुपर्नेसमेत बताए ।

शुक्रबार, २२ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा