विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टङ्क बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रूपमा सुरुवात गरे ।

विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ । कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरूको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ ।

पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास सङ्घबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रूपमा उपलब्ध हुने भएको छ । यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताए । यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

शुक्रबार, १५ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा