बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक फुडको उपभोग कम गर्न पोषण बगैचा निर्माण गर्न थालिएको हो । रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मसिनाको सूर्योदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले फुलवारी नभइ पोषणका लागि विद्यालय हाताभित्रै करेसाबारी निर्माण गर्दै छन् ।

विद्यार्थीलाई करेसाबारीको् अभ्यास गराउन नेपाल ग्रामीण पूर्ण निर्माण संस्था आरआरएन परियोजनाले दुर्गमका विद्यालयमा पोषण बगैचा निर्माण गर्न थालिएको हो । जसबाट अस्वस्थकर खानालाई विस्थापित गरी विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दिन मद्दत गर्छ ।

विद्यालयमा पोषण सम्बन्धी अभ्यास गर्न सके विद्यार्थीको घरमा पनि परिवर्तन आउने हुदाँ यसले सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीले सिकेको कुरा घरमा अभिभावकलाई सिकाउने र घरमै करेसाबारी लगाउन सहयोग पुग्ने बताइएको छ ।

विद्यार्थीले खाजाको रुपमा अस्वस्थकर खाना खाइरहेको र पोषणका बारेमा विद्यार्थीलाई जानकारी दिन सके पोषणमा सुधार आउने विद्यालयका निमित्त प्रधानाध्यापक झबिलाल सुबेदीले बताए । परियोजनाले बाली चक्र, लगाउने समय, बालीबाट कस्तो पोषण पाउछ र जैविक विषादीको बारेमा जानकारी पाएको विद्यार्थीहरुले बताएका छन् । बालीमा विषादी प्रयोगका विषयमा जानकारी नहुदाँ शुत्र किरामात्र नभइ बालीको मित्रु किरा पनि मर्ने गरेको उनीहरुको भनाइ छ । साथै घरमा पनि बाली लगाउँदा कुन बाली कुन समयमा लगाउने भन्ने थाहा नहुदाँ जथाभावी बाली लगाउने गरेको र अब घरमा पनि बाली चक्र प्रयोग गर्न सिकाउने बिद्यार्थीको भनाइ छ ।

नेपाल सरकारले विद्यालयमा अस्वस्थकर खाना प्रयोगमा रोक लगाएपनि त्यो कार्यान्वयन हुन सकेको छैन् । त्यस्ता खानाको प्रयोग रोक्न यस विद्यालयमा जस्तै अभ्यास गर्न र कार्यान्वयन गर्न सके विद्यार्थीको पोषणका साथै सरकारको निर्णय कार्यान्वयनमा पनि सहयोग पुग्ने थियो ।

मङ्लबार, १२ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो