file photo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सम्मेलनमा भाग लिने नेताहरूले तापमान वृद्धिले ल्याउने खतरा रोक्ने कुरामा जोड दिन आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारसँगको कुराकानीमा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताए। उनले १९९० को शुरुवातको दर भन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताए। ‘हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुद्री बरफको वर्तमान सीमा यस सिजनको औसतभन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ’, उनले भने, ‘यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमास बराबर छ।’

उनले जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताए। यसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उनको भनाइ छ।

हिउँ घट्दै जाँदा र तातो मौसम तीव्ररूपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने बताए। उनले कोप २८ सम्मेलनमा विश्व नेताहरूले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने धारणा राखे। ‘यसका लागि नवीकरणीय उर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ उर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुन्छ’, उनले भने।

मङ्लबार, १२ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे