यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् ।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन् । सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरेका छन् । सोहीअनुसार नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन समेत उनले आग्रह गरेका छन् ।

विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो’, मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।’

शुक्रबार, २४ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !