कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज तुल्याउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिको जडान गरिएको छ । नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच पुर्‍याउन र सेवा सहज तुल्याउन प्रदेशभर नै एम्बुलेन्समा सो प्रविधि जडान गरिएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रादेशिक प्रेषण केन्द्रले आज एक कार्यक्रमको आयोजना गरी यस विषयमा जानकारी गराएको हो । एम्बुलेन्स सेवाको लागि अब प्रदेशका जुनसुकै स्थानबाट पनि पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर बिरामीले सेवा लिन सक्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले जानकारी दिए ।

तत्काल अस्पताल पुर्‍याउनुपर्ने बिरामीलाई एम्बुलेन्सको सहज सेवा प्रवाह हुने महाशाखा प्रमुख शाहीले १०२ नम्बरमा फोन गर्ने बित्तिकै जिपिएस जडान गरिएका एम्बुलेन्सबाट सेवा प्रदान गरिने जानकारी दिए । प्रदेशमा रहेका सबै एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नको लागि निर्देशिका जारी गरिएको उहाँको भनाइ छ ।

कर्णाली प्रदेशभर अहिले ८७ वटा एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये ४१ वटा एम्बुलेन्समा जिपिएस प्रणाली जोडिएको र अन्य बाँकी एम्बुलेन्सलाई पनि जिपिएसमा जोड्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले कर्णालीमा अहिले एम्बुलेन्स पर्याप्त नरहेको बताउँदै एम्बुलेन्स खरिद प्रक्रियालाई पनि अगाडि बढाइने बताए । बिरामीले एम्बुलेन्स नपाउने अवस्था नआउने दाबी गरे ।

कर्णालीमा ‘क’ वर्गका एम्बुलेन्सको सङ्ख्या दुईवटा रहेको छ भने अधिकांश एम्बुलेन्स ‘ग’ वर्गका रहेको जनाइएको छ । एम्बुलेन्सको भाडादर भने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार तोकिने गरिएको छ ।

 

शनिबार, १८ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा