गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उद्घोष पनि गरे । ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ,’– उनले भने ।

अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दिपक रेग्मी रहेका छन, भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल छन । एनआरएनए रुपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ ।

अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विश्वभरका चार हजार दुई सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।

सोमवार, २९ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान