Trending
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८१ वैशाख पहिलो सातादेखि सञ्चालन हुने जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो ।
बोर्डका अनुसार परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने कार्यतालिका रहेको छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्ता गर्नुपर्ने जनाएको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।
त्यस्तै कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका छ ।