अमेरिकामा रहेका नेपालीहरुले धुमधामसंग तीज मनाएकाछन् । त्रिवेणी इन्टरटेन्मेन्ट एल.एल.सी.ले अमेरिकाको न्यूयोर्क सिटीमा बस्ने नेपालीहरुकालागि भव्य रुपमा तीज मनाउने चाजोपाँजो मिलाई दिएको हो । साँस्कृतिक बिबिधता र सामुदायिक सम्लग्नतासहित त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्युयोर्कले नेपाली र बिदेशी महिलामात्र नभई सम्पूर्ण नेपालीकालागि तीज मनाउने माहोल मिलाई दिएको हो । नेपाली महिलाहरुको साँस्कृतिक महत्व बोकेको तीजमा नेपालीमात्र नभई बिदेशीहरुले पनि धुमधामसंग तजि मनाएको आयोजक खामलाल भट्टले बताउनुभयो । अमेरिका कर्म भूमि भए पनि आफ्नो जन्मभूमि नेपालको माटोको चिनारी गराउने गितसंगितमा उनीहरु हराएका थिए । त्यसै पनि बिदेशमा बस्नेहरुलाई नेपालको मायाँ बिछ्ट्टकै हुने गरेको छ ।

बल्ल बल्ल बर्ष दिनमा चेली माईतीबीचको सम्बन्धलाई प्रगाढ बनाउने यो पर्वमा बिदेशी भूमि अमेरिकामा हुने महिलाहरुले यहि त्रिवेणी इन्टरटेनमेन्ट एल.एल.सी.लाई आफ्नो माईती झै सम्झीएका छन् । किन भने यहि संस्था जन्माउने आयोजक समाजसेवी नवराज केसी र भट्टले यो अवसर जुटाई दिंदा धेरै नेपाली चेलीहरुले तीजमा हर्षका आँसु झार्न पाए । नेपाली नेपालीबीच नेपालीमा बोल्न पाउने अवसर मात्र हैन, जन्मभुमिको नेपाली चेली माईतीको बिलौनाले भरिएको गितमा नाँच्न र रमाउन पाउँदा उनीहरुले साँच्चै हर्षका आँसु मात्र झारेनन एकै छिन भए पनि कर्म भूमिलाई भुलेर आफ्नो जन्मभूमि नेपाल सम्झने अवसर पाए । कर्म भूमि भए पनि न्युयोर्क सिटीमा बस्ने धेरै नेपालीहरुले आफ्ना माईतीलाई भेट्ने अवसर पाए भने चेलीहरुलेसमेत आफ्ना माईतीहरुलाई भेट्ने अवसर पाए ।

त्यसो त नेपालीहरुको यो पर्व रंगीचंगी पोसाक अर्थात रातो सारी, पोते, चुरामा नेपाली नारी सजिदा साँच्चै न्यूयोर्क सिटी राताम्मे भएको भान गराउँथ्यो । रातो सारीमा चीटीक्क परेका नेपाली नारीहरुले यस्तो रमाईलो नाचगान र उल्लासमय मुस्कानले न्यूयोर्क सिटीका अन्य बिदेशीलाई पनि तीज मनाउन आकर्षित गरी रहेको थियो । धेरै बिदेशी पनि नेपालीसंगै यो तीजमा झुमे, नाचे र गाए । कोहि नाच्दा थिए, कोहि गाउँदा थिए नेपालीकालागि मात्र हैन, बिदेशीकालागि समेत निकै रमाईलो थियो माहोल । बर्ष भरिको थकाई, न्यास्रो र आलस्यलाई मेटाएर उर्जा थपिदिएको थियो यो तीजले । आफ्नो मौलिक संस्कृतिमा बिदेशमा बसे पनि रम्न कसलाई पो मन नहोला र ? हो त्यस्तै भएको थियो यो तीज पर्व ।

तीज पर्व मात्र हैन, एउटा ठुलै उत्सव बनेर आएको थियो अमेरिकामा । नाचगानसंगै दर खानेहरु मिठो मिठो मानेर खाँदा थिए । बिभिन्न नेपाली परिकारका खाना त्यो पनि सित्यै जुराईदिएको थियो त्रिवेणी इन्टरटेन्मेन्टले । समाजसेवा भोक, थकानका बीच निकै मिठो दर खाने अवसर थियो त्यो । त्यसमा पनि नेपालका सिमित शहरहरमा नचाईने लाखे नाचले सबैको ध्यान खिचेको थियो ।

त्यसो त न्यूयोर्क सिटीका मेयर एरिक एडम्सलेसमेत तीज पर्वकोलागि भव्य शुभकामनासमेत दिए । त्यसैगरी अमेरिकाका सेनेटर चार्ली ई. स्मीयर र कांग्रेस सदसय ग्रेस मीङ, अमेरिकी सेनेटर क्रिस्टन गिलब्राण्ड, स्टेभन रेग न्यूयोर्क सिटीका एसेम्मब्ली मेम्बरसमेतले शुभकामना दिनुभएको थियो । तीजमा झण्डै ५ सय बढी नेपालीहरु भेला भएर रौसीएका थिए । त्रिवेणी इन्टरटेन्मेन्ट एल.एल.सी.ले प्रत्येक बर्ष चेली माईतीको जमघट र मिलन गराईदिने भएको छ । नाम जस्तो छ काम पनि त्यस्तै छ । निरन्तर बग्ने तीनवटा खोलाको मिश्रण भएको अर्थात मिसिएको स्थान त्रिवेणी तर यहाँ दुईवेणीले नै त्रिवेणीको झै पवित्र काम गर्दे आएको छ । यस्तै त्रिवेणी निरन्तर बग्ने खोला झै बगि रहोस आफ्नो लक्ष्यमा पुगोस शुभकामना दिएकाछन् सबैले ।

 

बुधबार, ३ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा