नेपालमा मेला, सभा–सम्मेलन र विवाह जस्ता गतिविधिमार्फत हुने पर्यटकीय गतिविधि (माइस टूरिजम) प्रवर्द्धन गर्न कार्ययोजना बन्ने भएको छ । माइस टुरिजमको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न लागिएको होटल संघ नेपाल (हान)ले जनाएको छ ।

होटल संघ नेपालको वार्षिक कार्ययोजना अनुसार यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पु¥याउने व्यवसायीको विश्वास छ ।
प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको भन्दै हानले व्यापारिक समुदायबीचमा प्रवर्द्धन गर्न लागिएको बताएको छ । सोही प्रयोजनका लागि हानले ३१ भदौमा एक कार्यक्रम समेत आयोजना गरेको छ । सरोकारवालाबीच हुने छलफलबाट कार्यनीति बनाइने हानले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको मेला, सभा÷सम्मेलनसँगै व्यापार व्यवसायको प्रवर्द्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा रहेको छ । त्यसमा नेपालका छिमेकी मुलुक भारत र चीनमा यस्तो चलन बढेको छ । भारत लगायत देशबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडी र उनीहरुको परिवारका सदस्य नेपाल आउने क्रम बढेको समेत हानले जनाएको छ । पर्यटनको यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन होटल संघ नेपालले पहल थालेको बताएको छ ।
यस्ता मेला, सभा÷सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको संघले उल्लेख गरेको छ । यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवर्द्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघको भनाइ छ ।

मङ्लबार, २ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो