चीनसंग जोडिएको संखुवासभाको किमांथाका नाका खुल्ने भएको छ । किमांथाका नाका खोल्ने सम्बन्धमा हिजो चीन र नेपालका सम्बन्धित वडाध्यक्षहरुको भर्चुल बैंठक पनि सकरात्मक भएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले यहि सेप्टेम्बर भित्र नाका खोल्ने दावी गर्नुभयो । नाका प्रवेशकालागि तत्कालकालागि सिमादेखि ३० किलो मिटर भित्रका भोटखोलाबासीले मात्र सिमा प्रवेशकालागि अनुमति पाउने बताईए पनि यसको टुंगो भने लागेको छैन । अनुमतिकालागि जिल्ला प्रशासन कार्यालय संखुवासभामा अनुमतिपत्र बनाउने काम अगाडी बढाईएको छ । अध्यक्ष भोटेले सिमानाकामा सुरक्षाकालागि प्रहरी चौकी बनाउने काम हुदै गरेको, प्रवेशको लागि गेट निर्माण हुदै गरेको, बिजुलीको व्यवस्थापन हुदै गरेको र सीसी क्यामरा जडानको काम भई रहेको जानकारी दिनुभयो । उहाँले नेपाल प्रवेश तर्फको सिमानाकामा कडाई गरीने पनि बताउनुभयो । चीन सरकारको तयारी पुरा भएको र यता नेपाल तर्फ केहि तयारी बाँकी रहेकाले चाडै नाका खुल्ने सन्देश छ उहाँले भन्नु भयो । प्रवेशको लागि गाउँपालिकाको आफ्नै नियम हुने र केहि राजश्व संकलन हुने गरी नीति नियम बनाईने उहाँको भनाई छ । हामी काम गरेर देखाउने हो । मिडियामा जानु भन्दा पहिले हामी गरेरे दखाउने पक्षमा थियौ, तर, मिडियाले चाडो थाहा पायो । जे भए पनि नाका खुलेपछि किमांथाकाबासीलाई सहज हुने उहाँको भनाई छ ।

आइतवार, २४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे