संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र साउदी अरेवियाका राजदूत साद अबु हाइमेदबीच आज भेट भएको छ । भेटमा राजदुत हाईमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् । आज भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले भनेकाछन, साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ । भेटमा आफूले उठाएका सवालबारे उन्ले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गरोस । साउदीबाट सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन् । उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् । मन्त्रीको प्रस्तावमा राजदुत हाईमेद सकरात्क देखिएकाछन् ।